newskoseli.Com

‘लकडाउन’ अझै कायम रहने सेवा र क्षेत्र यी हुन् (सूचीसहित)

बुधबार राति सम्पन्न मन्त्रिपरिषदको बैठकले लकडाउन ‘खुकुलो’ पारिएको भन्दै अन्ततः लकडाउन ‘हटाएको’ छ । वास्तवमा बिहीबारदेखि नेपाली समाज र जनजीवन लकडाउन शब्दको अर्थ र मर्मअनुरुप हुने छैनन् । तोकिएका सेवा, क्षेत्र र विषयमा बन्देज कायम रही तुलनात्मक रुपले कोरोनाभाइरसको महामारीबाट कम प्रभावित क्षेत्रहरुमा लकडाउनको ‘अन्त्य’ हुँदैछ ।

निम्न सेवा र क्षेत्रमा भने अझै पनि बन्देज कायम रहनेछ तर त्यो सरकारले ‘लकडाउन’ भनिरहे तापनि वास्तवमा ‘लकडाउन’ होइन, ‘बन्देज’ मात्र हुने छ । लकडाउनबीचका ७९ दिन संक्रमणका हिसाबले जति सुरक्षित थिए, महामारी झनझन् फैलिइरहेको अहिलेको सन्दर्भमा लकडाउन हटाइएका अबका दिनहरू अझ बढी असुरक्षित हुनेछन् ।

अब जनजीवन, व्यवहार र वातावरण खुकुलो बनाउनुको विकल्प थिएन । तर, कोभिड– १९ को महामारी घटेको छैन बरू दिनानुदिन बढिरहेको छ । यी दुवैथरी बाध्यतालाई ख्याल गरेर सरकारले भने झैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले जारी गरेका सुरक्षा मापदण्डहरूको अनिवार्य एवं कडाइपूर्वक पालना गरेर अगाडि बढ्नुको विकल्प छैन ।

थप याे पनि पढ्नुहाेस्–
हट्यो लकडाउन : सबै पसल–व्यवसाय खुल्ने, जोर–बिजोरमा निजी सवारी चल्न दिने सरकारको निर्णय

यी हुन् सरकारको अर्को निर्णयअघि ‘लकडाउन’ कायम रहने विषय र क्षेत्र–

यी हुन् तत्काल खुल्ने विषय र क्षेत्र–

यी सेवा/क्षेत्र चाहिँ अबकाे २१ र ३६ दिनपछि खुल्ने–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर