newskoseli.Com

चिनियाँ बीआरआईअन्तर्गतका अनुदान भित्र्याउन अर्थमन्त्री अनिच्छुक

चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’ अन्तर्गतका अनुदान परियोजना समेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन् । बीआरआईमा प्रवेश गरेको नेपालले मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन ।

अर्थमन्त्री खतिवडाले पछिल्लो समय विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकसँग आपतकालीन ऋण सहयोगका लागि याचना गरी ऋण भित्र्याइरहेका छन् । कोभिड– १९ पछि कोरोनाभाइरसको प्रभाव सिर्जित क्षेत्रमा प्रतिकार्यका लागि उनले एसियाली विकास बैंकसँग २५ करोड अमेरिकी डलर, विश्व बैंकसँग १० करोड अमेरिकी डलर र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २१ करोड ४० लाख अमेरिकी डलर ऋण सहयोग लिइसकेका छन् । यी विकास साझेदारसँग अर्थमन्त्रीको सन्निकटता र हिमचिम भए पनि उनले चिनियाँ सहयोगलाई पूर्णतः बेवास्ता गरेको भन्दै परराष्ट्र अधिकारीहरूले गुनासो गरिरहेका छन् ।

नेपाल समेत संस्थापक सदस्य भएर मित्रराष्ट्र चीनको अगुवाइमा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सँग सहायता लिन पनि अर्थमन्त्रीले पहल नै गरेका छैनन् । नेपालले चिनियाँ सहयोगमा बेवास्ता गर्नुको कारण के हो भन्दै चिनियाँ दूतावासले पनि राजनीतिक नेतृत्वसँग यसको खोजी गर्न थालेको छ । खासगरी पश्चिमा राष्ट्र र दक्षिणी छिमेकीसँगको सन्निकटताका कारण अर्थमन्त्रीले चिनियाँ सहयोगलाई बेवास्ता गर्ने गरेको जानकारहरू बताउँछन् ।

त्यसको पुष्टि हुने गरी अर्थमन्त्री पश्चिमा सहयोग परिचालनका लागि हिमायतीकै रूपमा देखिने गरेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर