newskoseli.Com

कोरोना संक्रमितको उपचारमा दैनिक ३८ हजारसम्म खर्च !

कोरोनाभाइरसका संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको छ । संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमानसहितको योजना मन्त्रालयले तयार पारेको हो ।

मन्त्रालयले तयार पारेको ‘कोभिड– १९ हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा सामान्यदेखि गम्भीर प्रकारका संक्रमितलाई आधार मानिएको छ । योजनामा सामान्य (माइल्ड), मध्यम (मोडरेटेड) र गम्भीर (सेभियर) केसका आधारमा प्रतिदिन प्रतिव्यक्ति लाग्ने खर्च अनुमान गरिएको हो । योजनाअनुसार सामान्य अवस्थामा रहेका संक्रमितको केसमा आवश्यकता हेरी प्रतिदिन ६ हजारदेखि साढे १४ हजारसम्म उपचार खर्च लाग्ने देखिन्छ । मध्यम केसमा प्रतिदिन १० हजारदेखि करिव २४ हजार लाग्ने अनुमान छ ।

त्यस्तै, गम्भीर अवस्थाका संक्रमितको केसमा प्रतिदिन १९ हजारदेखि ३८ हजार रुपैयाँसम्म उपचार खर्च लाग्ने अनुमान गरिएको छ । जनशक्ति, खाद्यान्न र पीपीई जोडेर यो रकम तय गरिएको खबर सुनील सापकोटाको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर