newskoseli.Com

शनिबार र सार्वजनिक बिदामा पनि बैङ्क खोल्न निर्देशन

सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न नेपाल राष्ट्रबैङ्कले निर्देशन दिएको छ ।

सहजरूपमा करदाताहरूले कर बुझ्ने व्यवस्था गर्नका लागि असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका राजस्व सङ्कलन गर्ने सम्पूर्ण शाखा र काउन्टर एवं बैङ्कका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस समेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिएका छन् ।

सार्वजनिक बिदामा पनि ४ देखि ५ हजार चेक क्लियरिङ हुँदै आएको र यो दैनिकरूपमा बढ्दो क्रममा रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैङ्कको दाबी रहेका खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर