newskoseli.Com

व्यापारीलाई घरभाडा छुटको गृहकार्य : सर्वसाधारणलाई के ?

कोभिड– १९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिव एक वर्षसम्म ५० प्रतिशत घरभाडा छुट गर्ने विषयमा छलफल भएको छ । ठमेल पर्यटन विकास परिषदले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषदका उपाध्यक्ष एवं घरभाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बताएका हुन् ।

कोरोनाका कारण पर्यटन व्यवसाय शून्यमा झरेकाले भाडा तिर्न गाह्रो भएको गुनासो व्यवसायीको छ । यतिबेला निकै चलायमान (सिजन) हुने ठमेल आजभोलि सुनसानजस्तै छ । होटल, रेस्टुरेन्ट, मनी एक्सचेन्ज, ट्रेकिङ पसल र डिस्को बाहिर घाँस उम्रिएको अवस्था छ । ठमेल क्षेत्रमा सञ्चालित करिव पाँच हजार पर्यटन व्यवसाय र घरधनीका सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी रहेको परिषदले जनाएको छ । तथ्याङ्क सङ्कलनले आफ्नै घर तथा भाडामा व्यवसाय सञ्चालन गर्नेहरूको विवरण सार्वजनिक गर्न सजिलो हुनेछ ।

ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत, विद्युत्, खानेपानी र इन्टरनेटलगायतका शुल्क मिनाहा गरिदिन पर्यटन विकास परिषदले सरकारसँग माग गरेको छ । पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन परिषदले आग्रह गरेको छ ।

‘हाम्रो ठमेल राम्रो ठमेल’ बनाउने अभियान निरन्तर जारी रहेको स्पष्ट पार्दै घरभाडा ५० प्रतिशत छुट गर्ने कुरा दुवै पक्षको पूर्ण सहमतिपछि सार्वजनिकरूपमा नै घोषणा गर्ने समितिका संयोजक शर्माले बताएको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर