newskoseli.Com

ओली सरकारको ‘समृद्धि’ : साढे ६ खर्बभन्दा बढी अझै बेरुजु

‘बेरुजु फछ्र्योटमा उच्च सक्रियता’ देखाएको सरकारले विभिन्न निकायबाट उठाउनुपर्ने बेरुजु रकम अझै ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बाँकी नै राखेको पाइएको छ । यो आर्थिक वर्ष २०७५/७६ सम्मको कूल बेरुजु रकम हो ।

अघिल्लो वर्ष २०७४/७५ मा भन्दा १९ अर्ब २२ करोड रुपैयाँ बेरुजु रकम घटेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको ५७औं वार्षिक प्रतिवेदनअनुसार अघिल्लो वर्षसम्मको बेरुजु ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो । तर, हाल भने बेरुजु फछ्र्योट गर्ने क्रममा सुधार देखिएको छ ।

बाँकी बेरुजु ३ खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ फछ्र्योट गरिएको थियो । त्यसको अंक घटाई यो वर्ष थप भएको ४० अर्ब ८४ करोड रुपैयाँ गरी ४ खर्ब १८ अर्ब ३२ करोड रुपैयाँ बाँकी छ । लेखापरीक्षण तथा सम्परीक्षणबाट सो वर्ष ७ अर्ब ४८ करोड रुपैयाँ असुल भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

विगतको बेरुजु फछ्र्योटमा भएको तदारुकता, राजस्व बक्यौता समायोजन एवं असुली, शोधभर्ना प्राप्तिमा सुधारलगायतका कारण सो वर्ष केही कमी भई ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ कायम भएको महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५७औं प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय बेरुजु फछ्र्योटमा देखिएको सक्रियता, तदारुकता, राजस्व बक्यौता समयोजन एवं असुली, शोधभर्ना प्राप्तिमा सुधारलगायतका कारण बेरुजु फछ्र्योटमा केही सुधार भएको महालेखा परीक्षक टंकमणि शर्मा दंगालले बताएको खबर मधुजंग पाण्डेको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर