newskoseli.Com

राजधानी उपत्यकाभर बुधबार मध्यरातदेखि ७ दिने निषेधाज्ञा

बुधबार (भदौ ३ गते) राति १२ बजेदेखि एक सातासम्म राजधानी उपत्यका (काठमाडौं, ललितपुर भक्तपुर) मा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । निषेधाज्ञा अवधिभर अत्‍यावश्यक सेवाबाहेक अरु सम्पूर्ण सेवा, कार्यालय र व्यवहारहरु बन्द हुने भएका छन् ।

उपत्यकाका तीन जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरका सुरक्षा समितिहरूको मंगलबार बसेको संयुक्त बैठकले हालका लागि साताव्यापी निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरिने निषेधाज्ञा त्यसपछि पनि कम्तिमा अर्को एक साता लम्ब्याइने तर सुरूमा एक साताको मात्र सूचना जारी गरिने आन्तरिक सहमति भएको एक अधिकारीले न्युजकोसेलीलाई बताएका छन् ।

उपत्यकामा कोरोनाभाइरसका संक्रमितको संख्या दिनहुँ सयौं संख्यामा बढ्दै गएकाले संक्रमणको फैलावट रोक्न भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो । मंगलबार मात्रै पनि काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ गरी २०५ जनासहित देशभर १,०१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

थप यो पनि पढ्नुहोस्–
उपत्यकाका ३ जिल्लामा फेरि लकडाउन !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर