newskoseli.Com

उपत्यकाका ३ जिल्लामा फेरि लकडाउन !

कोरोनाभाइरसको सङ्क्रमण दिनप्रतिदिन भयावह बन्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुर– तीनवटै जिल्लामा पुनः लकडाउन गर्ने वा निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैं सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै लकडाउन वा निषेधाज्ञाको विषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए ।

‘अहिलेकै अवस्थामा लकडाउन वा निषेधाज्ञा जारी गर्नु जरुरी छैन,’ उनले थपे– ‘मङ्गलबारदेखि समूहगत हिँडडुल गर्ने र सामाजिक तथा भौतिक दूरी कायम राख्ने कार्यमा कडाइ गरिनेछ । सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य गरिएको छ ।’ सवारी सञ्चालनमा जोर–बिजोर, मास्क र स्यानिटाइजरको सही प्रयोग, होटल तथा रेस्टुराँ, चियापसल, पार्टी प्यालेस, पसल, सुपरमार्केट, सार्वजनिक स्थानमा सर्वसाधारणको उपस्थिति तथा भीडभाडलाई यसअघि नै पूर्णरूपमा निषेध गरिएको छ ।

तर, उपत्यकावासी मास्क समेत प्रयोग नगरी सडकमा निस्कने, बिहे, जन्मदिन र धार्मिक चाडपर्वका नाममा आफन्त–साथीभाइ जम्मा पारी समूहगत भोज–भतेर र पार्टी गर्न थालेपछि कोरोना सङ्क्रमणको समस्या थपिएकाले फेरि लकडाउन गर्ने या निषेधाज्ञा जारी गर्ने अवस्था उत्पन्न भएको स्थानीय सुरक्षा अधिकारीको भनाइ रहेको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

थप यो पनि पढ्नुहोस्–
राजधानी उपत्यकाभर बुधबार मध्यरातदेखि ७ दिने निषेधाज्ञा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर