newskoseli.Com

सिभिल बैंकले ल्यायो ‘प्रिमियम बचत खाता’ : वचत–मुद्धति दुवैमा सर्वाधिक ब्याजदर

सिभिल बैंक लिमिटेडले सबै नेपालीका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो योजनामार्फत बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिने जानकारी बैंकले गराएको छ ।

यस वचत खाताको न्यूनतम मौज्दात १०,००० रुपैयाँ रहेको छ भने यो खाता खोल्दा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड र एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्ने बैंकले जनाएको छ ।

यसका अतिरिक्त बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आइरहेको छ । विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएका कारण ग्राहकहरु लाभान्वित हुने बैंकको अपेक्षा छ ।

आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा–योजनाहरु प्रदान गर्दै जाने पनि सिभिल बैंक लिमिटेडले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर