newskoseli.Com

निषेधाज्ञा बढ्यो भदौ २४ सम्म : यी क्षेत्रमा पारियो ‘खुकुलो’

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा दोस्रो पटक बढाएर थप एक साता लम्ब्याइएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहने भएको छ । अबको निषेधाज्ञामा भने निर्माण सामग्रीको ढुवानी र होटल, रेष्टुरेन्टको ‘टेक–अवे’ सेवा खुला गरिएको छ । भन्सार तिरिसकेका गाडी र मोटरसाइइकलहरू काठमाडौं उपत्यकासम्म ल्याउन पनि अब छुट गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी स्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड पूरा गरेर मजदुरहरूलाई कारखानाभित्रै राख्ने गरी उद्योग–धन्दा सञ्चालन गर्न समेत अब पाइने निर्णय सीडीओहरुले गरेका छन् ।

थप यो पनि पढ्नुहोस्–
निषेधाज्ञाको तेस्रो साता (भदौ २४ सम्म) के–के गर्न पाइने, के नपाइने ? (सीडीओको आदेशपत्रसहित)

संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई प्राप्त छ । थप गरिएको निषेधाज्ञाको अवधिमा आइसोलेसन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेस्टको दायरा बढाउने निर्णय समेत स्थानीय प्रशासनले गरेको छ ।

थप याे पनि पढ्नुहाेस्–
थप अर्को एक साता राजधानीमा निषेधाज्ञा ! के–केमा खुकुलो पारिँदै ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर