newskoseli.Com

थप अर्को एक साता राजधानीमा निषेधाज्ञा ! के–केमा खुकुलो पारिँदै ?

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेका छन् । कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्षसहित फेरि एक साता निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको छ । ‘यसपटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो बनाउने गरी निषेधाज्ञा थप्नेतर्फ छलफल भएको छ, मोडालिटी तय गरेपछि बुधबार थप निर्णय हुन्छ’– जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले भने ।

होम डेलिभरी र टेक–अवे सेवालाई खुला गरिने विषयमा समेत छलफल भएको छ भने निर्माणजन्य कामलाई खुला गरिने सम्भावना छ । सो विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्दैछन् । गृहको छलफल सकिएपछि निषेधाज्ञा थपिएको घोषणा हुनेछ ।

उपत्यकामा कोरोना संक्रमण बढेपछि ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा १० भदौमा फेरि एक साता थप गरिएको थियो । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि बुधबार (१७ भदौ) मध्यराति सकिँदैछ । मंगलबार मात्रै पनि उपत्यकामा थप ४८१ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये काठमाडौंका ३९३, ललितपुरका ५८ जना र भक्तपुरका ३० जना रहेको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर