newskoseli.Com

चिया–नास्तामै राज्यकोषको २० अर्ब खर्च !

राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ । खर्च रकम वर्गीकरण र व्याख्याअनुसार ‘विविध’ शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च व्यहोर्ने व्यवस्था छ ।

तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ । अनुत्पादक खर्च नियन्त्रण गर्न महालेखा परीक्षक कार्यालयले सरकारलाई निर्देशन दिएको छ । ‘यस प्रकारका अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्नेमा थप रकमान्तर गरी खर्च गर्नु मनासिव देखिएन,’ महालेखाको ५७औं प्रतिवेदनमा लेखिएको छ– ‘यस प्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ ।’

महालेखाका अनुसार विनियोजित रकम सकेर विकास बजेट समेत रकमान्तर गरी खर्च गरेको पाइएको छ । अनावश्यक खर्च रोक्नुपर्ने पूर्वमुख्यसचिव विमलप्रसाद कोइराला बताउँछन् । ‘यो फाल्तु खर्च हो, यसलाई रोक्नुपर्छ,’ पूर्वअर्थसचिव समेत रहेका कोइराला भन्छन्– ‘शीर्षकअनुसार खर्च गर्नुपर्छ, विविधका नाममा यसरी जथाभावी खर्च गर्नु हुँदैन ।’

सरकारी ढुकुटीमा ब्रह्मलुटको एउटा आयामसम्बन्धी यो खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर