newskoseli.Com

‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्

तीव्र अन्तर्कलहबाट गुज्रिरहेको सत्ताधारी नेकपाको शुक्रबार सुरु केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रस्तावले राष्ट्रिय राजनीतिक रंगमञ्चमा तीव्र क्रिया–प्रतिक्रिया पैदा गरेको छ । मूलतः अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीका ‘अराजनीतिक, बेइमानीपूर्ण, असंगत र उद्दण्ड’ क्रियाकलापहरु र प्रवृत्तिगत खराबीहरूमा केन्द्रित रहेर ‘खड्ग ओली प्रवृत्ति’ लाई संश्लेषित गर्दै प्रचण्डले प्रस्तुत गरेको प्रस्तावप्रति स्वाभाविकरुपले ओलीपक्षीय नेता–कार्यकर्ता स्तब्ध, क्षुब्ध र आक्रोशित देखिएका छन् ।

ओलीपक्षीय कनिष्ठ र बदनाम केही मझौला नेताहरु प्रचण्डविरुद्ध आक्रोशपूर्ण रुपले खनिएका छन् भने स्थायी कमिटीका सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिष्ट र सौम्य भाषाशैलीमा तर अराजनीतिक ढंगबाट प्रतिवाद गर्दै ‘प्रस्ताव फिर्ता लिन’ प्रचण्डसँग ‘आग्रह’ गरेका छन् । सबैले ‘ट्विटर’ वा ‘फेसबुक’ मार्फत अध्यक्ष प्रचण्डको प्रस्तावप्रति प्रतिक्रिया जनाएका हुन् । उनीहरुका प्रतिक्रियाप्रति सयौंले ‘कमेन्ट’ गरेका छन् र धेरैजसोले प्रचण्डकै पक्ष लिएको पाइएको छ ।

पार्टीभित्रका विवाद र बहसमा सधैं ओलीविरुद्ध कडारुपले खनिने तर निर्णांयक घडीमा भने झिनामसिना आश्वासनमा बहकिँदै उतै लहसिने गर्दै आएका पार्टी उपाध्यक्ष वामदेव गौतमले भने दृढतापूर्वक प्रचण्डको प्रस्तावको बचाउ गरेका छन् । ‘प्रचण्डले सचिवालय बैठकमा पेस गर्नुभएको राजनीतिक प्रस्ताव उहाँले एक्लै ल्याएको होइन, त्यो त हामी पाँचै जना (ओलीइतर बहुमत सचिवालय सदस्यहरु) को छलफल र सहमतिमा तयार भएको प्रस्ताव हो,’ उपाध्यक्ष गौतमले भनेका छन्– ‘त्यो प्रस्ताव ध्वंस गर्न होइन, केपी कमरेडलाई सच्याउनका लागि आएको हो, उहाँ सच्चिनुबाहेक नेकपासँग अर्को कुनै समाधान छैन ।’

नेकपाका युवानेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ लगायतले पनि प्रचण्डको प्रस्तावको बचाउ गर्दै आलोचना गर्ने नेताहरुलाई आ–आफ्नो सीमा र मर्यादामा रहेर बहसमा आउन चेतावनी दिएका छन् ।

कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन…

Posted by Shankar Pokhrel on Friday, November 13, 2020

पार्टी एकतापश्चात पार्टी अध्यक्ष कमरेड ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानि फिर्ता लिने हो र…

Posted by Ram Prasad Sapkota Deepshikha on Friday, November 13, 2020

यी सामग्री पनि पढ्नुहोस्–
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर