newskoseli.Com

विश्वप्रशिद्ध फुटबलर म्याराडोनाको हृदयाघातबाट निधन

विश्वप्रशिद्ध फुटबलर डिएगो म्याराडोनाको हृदयाघातबाट बुधबार राति निधन भएको छ । विश्व फुटबल इतिहासका सबैभन्दा चर्चित खेलाडी ६० वर्षीय म्याराडोनाको दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।

सन् १९७६ मा फुटबल खेलमा प्रवेश गरेका म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई फुटबल वर्ल्डकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । फुटबल प्रवेशको दस वर्षपछि कप्तान बनेका म्यारोडोनाले सन् १९८६ को वर्ल्डकपमा खेलको इतिहासकै दुई अविस्मरणीय गोल गरेका थिए ।

म्याराडोनाले आफ्नो क्लब करिअरमा बार्सिलोना र नेपोलीका लागि मात्रै फुटबल खेले । अर्जेन्टिनामा जन्मिएका म्याराडोना नापोली सहरमा ‘भगवान्’ नै मानियो । विश्वभरका फुटबलप्रेमीले उनलाई सर्वाधिक आदर र माया गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर