newskoseli.Com

आफैं भ्रष्टाचारी सिद्ध हुने डरले सरकारले ‘अस्वीकार’ गर्‍यो ट्रान्स्परेन्सीको रिपोर्ट

भ्रष्टाचारसम्बन्धी ट्रान्स्परेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनलाई नेपाल सरकारले ‘अस्वीकार’ गरेको छ । प्रधानमन्त्री स्वयंकै संरक्षण र प्रश्रयमा नेपालमा व्यापक भ्रष्टाचार भैरहेको र भ्रष्टाचारका सम्बन्धमा यतिबेला नेपाल एशियाकै एक नम्बरमा रहेको निष्कर्ष र विवरणसहित आएको प्रतिवेदन स्वीकार्दा सरकार र प्रधानमन्त्री ‘भ्रष्टाचारी’ सावित हुने भयका कारण सरकारले सो प्रतिवेदनलाई सोलोडोलो नै ‘अस्वीकार’ गरेको हो ।

सो रिपोर्ट ‘पूर्वाग्रही र भ्रामक’ रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने जानकारी नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार दिएका हुन् । मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेमलनमा बोल्दै ‘मिसनका आधारमा तयार पारिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने’ गुरुङले बताए ।

ट्रान्स्परेन्सी इन्टरनेसनल नेपालमा आबद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्नेहरु नै भएको आरोप लगाउँदै उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी सरकारले गरेको छ । बाघसँग एक्कासि जम्काभेट हुँदा आफैंले आँखा चिम्लेर ‘सुरक्षित’ भएको भ्रम पाले झैं चौतर्फीरुपमा भ्रष्टाचारमा गन्हाइरहेको सरकार एउटा आईएनजीओको रिपोर्टबाट डराएर त्यसलाई ‘अस्वीकार’ गर्दैमा उम्कन नसक्ने सर्वसाधारणको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर