newskoseli.Com

चोलेन्द्रसमशेरसँग जोडिएका चिन्ता : सबै रिटको सुनुवाई उनकै एकल बेन्चमा

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको फाइल तस्बिर

संविधानले दिँदै नदिएको ‘अधिकार’ सहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद ‘भंग’ गरिएपछि प्रधान न्यायाधीश चोलेन्द्रसमशेर राणाको अबको भूमिका कस्तो होला भन्नेतर्फ आम जिज्ञासा केन्द्रित भएको छ ।

अध्यादेशको बलमा हठात् संवैधानिक परिषदको संरचनालाई फेर्दै त्यही दिउँसो प्रकाशित शीतलनिवासको विज्ञप्तिपछि (दुई घन्टाभित्र) संवैधानिक परिषदको अर्को बैठक बस्यो । त्यहाँ प्रधान न्यायाधीश गए र उनको ‘सिफारिस’ का थुप्रै मानिसहरू ‘लाभान्वित’ भए । यसउपर संवैधानिक इजलासमा रिट दायर भएको अवस्था छ ।

यसअघि पत्नी हत्याका आरोपी पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद अवधि बाँकी छँदै रिहा गरिएको प्रकरणलाई लिएर प्रधान न्यायाधीश राणा अझैसम्म पनि आलोचित नै छन् । त्यसभन्दा पहिले नेपाली कांग्रेसका सांसदहरूले तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाए । त्यसबेला दायर एउटा रिटमाथि निर्णय सुनाउँदै सुशीलासँग राम्रो सम्बन्ध नभएका चोलेन्द्रले ‘मेरा हात थर्थर कामिरहेका छन्…’ भन्दै भावुक वाक्य हालेर कानुनी दफा उद्धृतै नगरी निबन्धको भरमा उन्मुक्ति दिएकै हो ।

सत्य नहोला तर अहिले पनि भनिँदै छ– आफ्ना मान्छे सेटल गर्ने नाममा प्रधानमन्त्रीसँगको सेटिङअनुसार नै संविधानविपरीत संसद भंग भएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

अपडेटः

यसैबीच, संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिट प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराको बेन्चमा परेका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका १२ वटा रिट प्रधान न्यायाधीश जबरा आफैंले हेर्न लागेका हुन् ।

प्रधानमन्त्री खड्ग ओलीले पुस ५ मा प्रतिनिधिसभा ‘भंग’ गरी २०७८ वैशाख २७ र २७ मा गरी दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् । सोही कदमविरुद्ध यी रिट निवेदन परेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर