newskoseli.Com

इरान र पाकिस्तानमाथि अमेरिकाको आरोप

अमेरिकी विदेश मन्त्रालयले इरानले आतंकवादलाई सबैभन्दा बढी बढावा दिएको आरोप लगाएको छ । मन्त्रालयले पाकिस्तानमाथि लस्कर–ए–तोइवा, जैस–ए–मोहम्मद र हक्कानी नेटवर्कविरुद्ध ठोस कारबाही नगरेको आरोप पनि लगाएको छ ।

विश्वभरको आतंकवादबारेमा अमेरिकी विदेश मन्त्रालयले निकालेको सन् २०१५ को प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले आतंकवादमा कमी आएको देखाएको छ । तर आतंकवादको खतरामा भने कमी नआएको र इस्लामिक स्टेटले आफ्नो पहुँच विस्तार गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार इराक र सिरियामा आईएसले कब्जामा लिएका केही इलाका नियन्त्रणमा लिइए पनि विश्वमा सबैभन्दा ठूलो खतरा आइएसबाटै भएको उल्लेख छ । त्यसैगरी दक्षिण एसियामा अझै पनि आतंकवादविरुद्धको लडाई जारी रहेको जनाइएको छ ।

प्रतिवेदनमा उत्तरी वजिरिस्तानमा पाकिस्तानी सेनाले गरेको कारबाहीका कारण अल कायदा कमजोर भएको उल्लेख छ । (एजेन्सी)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर