newskoseli.Com

निर्वाचन आयोगले माग्यो ७ अर्ब ७ करोड ९४ लाख ८० हजार

सरकारले घोषणा गरेको निर्वाचनका लागि निर्वाचन आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ ।

आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनका लागि यति रकम आवश्यक पर्ने जानकारी गराएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड– १९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ प्रस्ताव गरेको हो ।

‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकाले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्ने गरी बजेटमा समावेश गरिएको छैन’– आयोगले भनेको छ ।

कोभिड– १९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययिता अपनाउने ढंगले कार्यविधि बनाइएको आयोगले जनाएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर