newskoseli.Com

विदेशी लगानी घटेको घट्यै किन ? यी हुन् ३ कारण

कोरोनाका कारण विश्वव्यापीरुपमै विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको छ । चालु आर्थिक वर्षका ६ महिनामध्ये ५ महिनामा लगातार प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घटिरहेपछि यसलाई कोरोनाको प्रभावको रुपमा हेरिएको छ ।

पुससम्म मुलुकमा ७ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिव ३७ प्रतिशतले विदेशी लगानी घटेको छ । २०७६ पुससम्म यस्तो लगानी १२ अर्ब २० करोड रुपैयाँ थियो ।

अहिले खासगरी तीन कारणले विदेशी लगानी घटिरहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । पहिलो, कोभिड– १९ का कारण विश्वव्यापीरुपमा विदेशी लगानी घटिरहेकाले नेपालमा पनि त्यसको असर देखिएको हो ।

दोस्रो, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ लगानीकर्ताको अपेक्षाविपरीत (अनुदार) भएकाले धेरै विदेशी लागनी आउन नसकेको हो । र, तेस्रो, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा विदेशी लागनीको सीमा ५० लाख रुपैयाँबाट बढाएर न्यूनतम ५ करोड रुपैयाँ पुर्‍याउनु भएको खबर मंगबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर