
शीतलनिवासको धाराले दिएकै छ
बालुवाटारको धाराले दिएकै छ
नारायणहिटीको धाराले दिएकै छ
बूढानीलकण्ठको धाराले दिएकै छ ।
गतिछाडाको धाराले दिएकै छ
बयलगाडाको धाराले दिएकै छ
गुडगुडे हुक्काको धाराले दिएकै छ
उखान–टुक्काको धाराले दिएकै छ ।
संसद् विघटनको अधिकार नदिएको
त्यही एउटा संविधानको धाराले त हो नि !