newskoseli.Com

एकैदिन देशभर ७२११, उपत्यकामा मात्रै ३५९५ संक्रमित ! (भिडियाेसहित)

कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको छ । आइतबार मात्रै देशभर ७२११ र राजधानी उपत्यकामा मात्रै ३५९५ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या देशभर ४८ हजार ७ सय ११ पुगेको छ । यीमध्ये ३ हजार ५ सय ३० जना संस्थागत आइसोलेसनमा र ४५ हजार १ सय ८१ जना होम आइसोलेसनमा रहेका छन् । ४ सय ७७ जना संक्रमित आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ६ सय १२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा थप २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर