newskoseli.Com

“सुल्तान”मा सलमानकी नयाँ प्रेमिका

सलमान खानको आउनै लागेको चलचित्र “सुल्तान” को गीत बेबीको बेस प्रसंद है नयाँ भर्जन सलमान खानाले आफ्ना फ्यानहरुका सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

यो गीतमा लुलिया वतुरले स्वर दिएकी छन् । उनको स्वरले सलमान खानका फ्यानहरुलाई प्रभाब पारिरहेको छ ।

सलमान खानकि नयाँ प्रेमिका भनेर चिनिएकी गायिका लुलिया वतुरलाई केही समय अघि देखी सलमान संग जोडेर हेरिएको भएपनी यस   आज सम्म खान परिवारबाट आधिकारिक धारणा आएको छैन ।

सलमान र लुलियाले गायको यो गीत यसराजको युट्युब हेण्डलमा हेन सकिन्छ । लुलिया रोमानियाकी हुन् उनको आवाजबाटै रोमानियाली हुन् भन्ने प्रष्ट हुन्छ ।

बेबीको बेस पसंद है भन्ने गीत सुल्तान चलचित्रको आधिकारिक गीत नभए पनी एसराज ब्यानरले बाहिर ल्यायो कुरा के हो भने एसराज ब्यानरले बाहिर ल्याउनु भन्दा पहिला नै सलमानले उक्त गीत सुल्तान चलचित्रको भन्दै सामाजिक सञ्जालहरुमा आफ्ना  फ्यानका लागी सेयर  गरेका थिए ।

एउटा पत्रकार सम्मेलनमा सलमानलाई सम्बाददाताहरुले लुलियाको बिषयमा प्रश्न गर्दा उनले प्रष्ट उत्तर नदिएर आलटाल गरेका थिए ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर