newskoseli.Com

‘केपी ओली अपराधी र गद्दार हुन्, उनको हर्कतले रौं पनि हल्लँदैन’ : झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीलाई ‘गद्धार’ को संज्ञा दिएका छन् । ‘केपी ओली नेपाली कम्युनिस्ट आन्दोलनको गद्दार हुन्,’ सोमबार खनालले भने– ‘उनले गर्ने निर्णय र कथित कारबाहीले हाम्रो रौं पनि हल्लँदैन ।’

बालुवाटारमा सोमबार बसेको ओली समूहको ‘स्थायी कमिटीको बैठक’ ले वरिष्ठ नेताद्वय खनाल र माधवकुमार नेपासहित ११ सिनियर नेतालाई ‘पार्टी सदस्यताबाटै निष्काशन’ गर्दै थप १२ नेतालाई ‘निष्काशन’ गर्ने मनशायका साथ ‘स्पष्टीकरण’ सोध्ने निर्णय गरेको सार्वजनिक भएसँगै वरिष्ठ नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘उनी (ओली) आफैं अपराध गर्ने, कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने, एकतालाई ध्वस्त पार्ने, राष्ट्रलाई ध्वस्त पार्ने, विदेशीहरुको एजेन्ट भएर हिँड्ने अनि देशभक्त साथीहरु, कम्युनिष्ट योद्धाहरु, देशका निम्ति लड्ने साथीहरुलाई कारबाही गर्ने हिटलरी हर्कत हो। अमानवीय र क्रूर हर्कत हो,’ खनालले भनेका छन्– ‘केपी ओलीजस्ता अपराधीले कुनै कारबाही गर्दैमा, हाम्रो एउटा रौं पनि हल्लँदैन, कम्युनिस्ट आन्दोलन आफ्नै ढंगले दृढतापूर्वक अगाडि बढ्छ ।’

र, याे पनि–
११ वरिष्ठ नेता ओली समूहद्वारा ‘निष्काशित’ : थप १२ लाई ‘निष्काशन’ गर्न ‘स्पष्टीकरण’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर