newskoseli.Com

११ वरिष्ठ नेता ओली समूहद्वारा ‘निष्काशित’ : थप १२ लाई ‘निष्काशन’ गर्न ‘स्पष्टीकरण’

नेकपा एमालेको ओली समूहले सो पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ शीर्ष नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ‘निष्काशन’ गरेको छ । केही दिनअघि ‘स्पष्टीकरण’ सोधिएका खनाल–नेपालसहितका ११ नेतालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न बसेको ओली समूहको स्थायी कमिटीको बैठकले ‘पार्टीबाट निष्काशन’ गरिएको दावी गरेको हो ।

ओली समूहका अध्यक्ष खड्ग ओलीका विरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनर्स्थापनाको पक्षमा दायर रिटमा हस्ताक्षर गरेर ‘पार्टी हितविरुद्ध लागेको’ आरोप ती नेताहरुमाथि लगाइएको छ । देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावका पक्षमा हस्ताक्षर गरेको भन्दै शनिबार बसेको ओली समूहको स्थायी कमिटीको बैठकले २६ सांसदमध्येका ११ नेतालाई ‘स्पष्टीकरण’ सोध्ने निर्णय गरेको थियो ।

र, याे पनि–
केपी ओली अपराधी र गद्दार हुन्, उनको हर्कतले रौं पनि हल्लँदैन : झलनाथ खनाल

ओली समूहको बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्यता नै नरहने गरी ‘निष्काशन’ गरिएको दावी गरेको हो ।

थप १२ लाई पनि ‘निष्काशन’ गर्ने तयारी

ओली समूहको सोमबारकै बैठकले यसैगरी पार्टी सदस्यताबाटै ‘निष्काशन’ गर्ने उद्देश्यका साथ थप १२ जनालाई २४ घन्टे ‘स्पष्टीकरण’ सोध्ने निर्णय गरेको छ । सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई ‘स्पष्टीकरण’ सोध्ने निर्णय ओली समूहले गरेको हो ।

थप यो पनि पढ्नुहोस्–
ओली समूहको ‘स्थायी कमिटी’ : खनाल–नेपाल पक्षलाई पार्टीबाटै हटाइँदै !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर