newskoseli.Com

‘मध्यरातको षड्यन्त्र’ बारे सर्वोच्च अदालतलाई राष्ट्रपतिको जवाफ (पूर्णपाठ)

प्रधानमन्त्री खड्ग ओलीसँगको लाजमर्दो ‘सेटिङ’ अनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको प्रस्तावलाई लत्याउँदै जेठ ७ गते मध्यराति एकाएक प्रतिनिधिसभा विघटन गर्ने काम गरेकी थिइन् । राष्ट्रपति भण्डारीको उक्त कार्यलाई नेकपा (एमाले) को ओली समूहबाहेक सम्पूर्ण राजनीतिक दल, पक्ष, कानुनविद् र सचेत नागरिक समाजले ‘मध्यरातको षड्यन्त्र’ को संज्ञा दिँदै आएका छन् ।

संविधानको ठाडै उल्लंघन गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले गरेको सो बदमासीका विरूद्ध सभापति देउवासहित प्रतिनिधिसभाका बहुमत सांसद् र विभिन्न कानुन व्यवसायी एवं नागरिकहरूले सर्वोच्च अदालतमा २६ वटा मुद्धा दर्ता गराएका छन् । देउवासहितको मुद्धाको सुनुवाईका क्रममा नेपाल सरकार र राष्ट्रपति कार्यालयसँग अदालतले कारणदेखाउ आदेश जारी गरेको थियो ।

यो पनि पढ्नुहोस्–
प्रतिनिधिसभा ‘विघटन’ बारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

सोही आदेशअनुरूप राष्ट्रपतिको कार्यालयका तर्फबाट निमित्त सचिव रूपनारायण भट्टराईका नाममा बिहीबार महान्याधिवक्ताको कार्यालयमार्फत राष्ट्रपतिको कार्यालयले सर्वोच्चमा जवाफी पत्र बुझाएको छ । सो पत्रमा राष्ट्रपतिको उक्त बदमासी आवश्यक, सही र संविधानअनुकूल नै भएको जिकिर गरिएको छ ।

यस्तो छ राष्ट्रपति कार्यालयले सर्वोच्चमा बुझाएको जवाफको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर