newskoseli.Com

ठाकुरलाई धमाधम छाड्दै जसपाका सांसद : पार्टी–संसद् दुवैतिर उपेन्द्रको बहुमत

गणतन्त्र, संघीयतालगायतका राजनीतिक उपलब्धिरू मासेर मुलुकलाई प्रतिगमनतर्फ धकेल्न भरमग्दुर प्रयास गरेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्ग ओलीको ‘मतियार’ बनेको आरोप लगाउँदै मधेशकेन्द्रित दल जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहका आधा दर्जन सांसदहरू कित्ता परिवर्तन गरी बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षमा सामेल भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनीनिकट ६ सांसद अनुपस्थित भए । उनीहरूमध्ये चारजना उपेन्द्र यादव पक्षले शनिबार बोलाएको बैठकमा सामेल भए । ठाकुर पक्षमा २० र उपेन्द्र पक्षमा १८ सांसद् रहेकामा त्यो समीकरण उल्टिएर अब उपेन्द्र पक्षमा १८ र ठाकुर समूहमा १४ सांसद् संख्या कायम भएको छ ।

ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकालले ठाकुर–महतोको साथ छाडेका हुन् । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा अत्यधिक बहुमत रहेको उपेन्द्र पक्ष संसदीय दलमा समेत बहुमतमा पुगेपछि ठाकुर–महतो पक्षको राजनीति धरापमा परेको छ ।

यो पनि पढ्नुहोस्–
ओलीको पतनसँगै महतोलाई बज्रपात !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर