newskoseli.Com

ओलीको पतनसँगै महतोलाई बज्रपात !

जसपा नेता राजेन्द्र महतोसँगका अनुसार अपदस्थ प्रधानमन्त्री खड्ग ओलीलाई सोमबार सर्वोच्चले ठ्याक्कै यस्तै फैसला दिन्छ भन्ने अलिकतिसम्म पनि लागेकै थिएन । तर, उनले नसोचेको शैलीमा सत्ताच्युत हुनुपरेको छ ।

‘१३ दिने उपप्रधानमन्त्री’ बाट अदालतले हटाइदिएपछि ढिलै गरी पुल्चोकस्थित मन्त्री निवास छाडेका महतोलाई ओलीले केही दिनअघि मात्रै भनेका थिए– ‘मेरो मागलाई अदालतले स्वीकार गर्छ । गरेन भने पनि प्रधानमन्त्री चयनको विषय संसदमा जान्छ । त्यसबेला जुन परिस्थिति हुन्छ, त्यसबाट पनि मै प्रधानमन्त्री हुन्छु ।’

महतोले सोधे– ‘त्यो परिस्थिति भनेको के हो ?’ ओलीले भने– ‘एमालेलाई म मिलाउँछु । माधव नेपाल यति कमजोर हुन्छन् कि, उनीसँग धेरै मान्छे रहँदैनन् । त्यसबेला बाध्यताबस माधवले ह्वीप मान्छन् वा चुप लाग्छन् । त्यसकारण सरकार बनाउन सहजता हुन्छ ।’

यो पनि पढ्नुहोस्–
ठाकुरलाई धमाधम छाड्दै जसपाका सांसद : पार्टी–संसद् दुवैतिर उपेन्द्रको बहुमत

राजपा ब्युँताउनका लागि आफूहरुले गरेको प्रयास बिफल भएकोबारे महतोले सोधे । ओलीले भने– ‘निर्वाचन आयोगले हामीलाई सहयोग गर्छ । तर, एक्सपोज भएर सहयोग गर्न त उनीहरुलाई पनि गाह्रो छ नि ’’

आफू प्रधानमन्त्री रहिरहने र त्यो स्थितिमा जसपाको विवादमा पनि निर्वाचन आयोगको हरसम्भव सहयोग गराउने बचन ओलीले दिएका थिए । र, यिनै कुराले ओलीप्रति महतोहरु विश्वस्त थिए । तर, सोमबार दिउँसो यो ‘विश्वास’ एकाएक चकनाचुर हुन पुगेको छ ।

त्यही विश्वासका कारण नै ओलीको पक्षमा राजविराजमा निस्किएका जुलुसमा पूर्वराजपाले अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको थियो । किनभने, चुनावमा समेत ओलीसँगै गठबन्धन बनाएर सँगै जाने सल्लाह रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर