newskoseli.Com

गजल

– बिमला दाहाल ‘बिमु’

 

आजकल जीवन जस्तो जीवन लाग्दैन

लगाउँछ ऊ बचन मलाई बचन लाग्दैन ।।

 

कसैको यादहरू च्यात्दै रुन्छु एकान्तमा

अनी पो कसै सँग बोल्न मन लाग्दैन ।।

 

ऊ रोइरहिछे हासिरहिछे निर्वस्त्र सडकमा

त्यो पागलपन किन पागलपन लाग्दैन ।।

 

कुनै समय थियो सबै आफ्नै लाग्थ्यो

आज आफ्नै धड्कन धड्कन लाग्दैन ।।

 

धुवाकोट ८, धादिङ

हालः नयाँबजार, काठमाडाैँ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर