newskoseli.Com

उपराष्ट्रपति पासाङ रामेछाप जाँदै : गुराँसेमा तयारी पूरा

दोरम्बा गाउँपालिका, रामेछापस्थित गुराँसेमा आयोजना हुने वृहत् फुटबल प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा उद्घाटन हुने भएको छ । गुराँसेदेवी युवा क्लबको आयोजनामा सुनापति तथा दोरम्बा गाउँपालिकाको सीमास्थलमा अवस्थित गुराँसे खेलमैदानमा प्रतियोगिताको उपराष्ट्रपति पुनद्वारा १ कात्तिकमा उद्घाटन हुने भएको हो ।

कार्यक्रमको तयारीकै सिलसिलामा रामेछापमा प्रमुख राजनीतिक दलहरुको जिल्ला नेतृत्व सम्हालेका नेताहरूको टोलीले केही दिनअघि उपराष्ट्रपति पुनसँग भेटेर छलफल समेत गरिसकेको छ । प्रतियोगिता भव्यतापूर्वक सम्पन्न गर्नका लागि शनिबार स्थानीयस्तरमा समेत सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

तस्बिरमा बायाँबाट क्रमशः श्रीहरि श्रेष्ठ, युवराज चौलागाईं, उपराष्ट्रपति पुन, देवशंकर पौडेल, ज्ञानकुमार श्रेष्ठ र पेमा लामा

स्थानीय सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र), एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत अन्य दलका प्रतिनिधिहरु सहभागी भए । गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानको अध्यक्षतामा सम्पन्न सो बैठकमा सहभागी सबै दलले कार्यक्रमलाई ऐतिहासिकरुपमा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट आवश्यक सम्पूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको जानकारी दोरम्बा गाउँपालिकाका प्रवक्ता एवं ६ नम्बर वडाअध्यक्ष अम्बिकाप्रसाद गजुरेल ‘अनुप’ ले दिएका छन् ।

कार्यक्रमको सबै तयारी पूरा भइसकेको बताउँदै प्रतियोगितामा ३२ टिमले सहभागिता जनाउने भएका छन् । टिम दर्ताको काम धमाधम भइरहेको प्रवक्ता गजुरेलले बताए । रामेछापको गुराँसे पछिल्लो समय क्रमशः पर्यटकीय क्षेत्रका रुपमा समेत विकसित हुँदै गएको छ । लालीगुराँस ढकमक्क फुल्ने उक्त क्षेत्र त्यहाँस्थित कालीदेवी मन्दिरका कारण समेत प्रसिद्ध छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर