newskoseli.Com

अझै टरेको छैन कोरोना महामारी : थप १४३ जनामा संक्रमित पुष्टि, ९ को मृत्‍यु (अद्यावधिक विवरणसहित)

लामो समयदेखि जारी कोरोना संक्रमणको क्रम अझै पनि यथावत छ । पछिल्लो २४ घन्टामा मात्र पनि थप १४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । दसैं–तिहार सकिएलगत्तै आइतबार मात्रै पनि थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

१ हजार ९ सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको हो । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये पछिल्लो २४ घन्टामा ५ सय ६३ जना निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ लाख ९ हजार ३ सय ७५ पुगेको छ । यस्तै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको छ भने ७ लाख ९५ हजार ३ सय ९७ जनाले कोरोना जितेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय १३ जना रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये ७ हजार १ सय २४ जना होम आइसोलेसनमा र ५ सय ८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यतिबेला कायम कोरोना संक्रमितमध्ये १ सय ९७ जना आईसीयूमा र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार आइतबार सबैभन्दा धेरै काठमाडौंमा ५३, भक्तपुरमा १२, रुपन्देहीमा १०, ललितपुरमा ९, सुनसरीमा ६, धनुषा र बाँकेमा ४–४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर