newskoseli.Com

‘प्रधानन्यायाधीशको राजीनामा निर्विकल्प’ : बार एशोसियसनका ११ निर्णय (बुँदासहित)

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको फाइल तस्बिर

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिएसम्म कुनै सम्झौता नगर्ने निष्कर्षसहित ‘कडा’ संघर्षमा उत्रन कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसियसन प्रतिबद्ध देखिएको छ । जबराले राजीनामा दिनुपर्ने भन्दै सर्वोच्चका सबै न्यायाधीशसहित बार एशोसियसन आन्दोलनरत रहेको र प्रधानन्यायाधीश जबराले विभिन्न ‘अप्सन’ हरूको ‘अफर’ गरिरहेकै बेला आइतबार र सोमबार देशव्यापी छलफल गरेको नेपाल बार सोमबार ११ बुँदे निर्णयसहित त्यस्तो निष्कर्षमा पुगेको हो ।

यस्ता छन् नेपाल बारका ११ बुँदे निष्कर्ष–

  1. प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमलाई जारी राख्ने ।
  2. प्रधानन्यायाधीश सम्मिलित बेन्चमा नबस्न अन्य न्यायाधीशलाई अनुरोध गर्ने ।
  3. प्रधानन्यायाधीशलाई आफू इजलासमा नबस्न यसअघि आग्रह गरिएकामा त्यसको उल्लंघन भएको कारण आफू वा आफूसहितको बेन्च गठन नगर्न र सुनुवाई नगर्न पुनः जोडदार माग गर्ने ।
  4. कात्तिक २३ गतेदेखि ३० गतेसम्म हाल भइरहेको आन्दोलनलाई निरन्तरता दिने ।
  5. कात्तिक २५ देखि ३० गतेसम्म उपत्यकाकमा अदालत र न्यायाधिकरणहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म सुनुवाई नगरिदिन सम्बन्धित निकायहरुलाई आग्रह गर्ने र बहसमा सहभागी नहुन अधिवक्ताहरूलाई आग्रह गर्ने ।
  6. कात्तिक २८, २९ र ३० गते उपत्यका बाहिरका बार इकाईहरुले हातमा कालोपट्टी बाँधी विरोध जनाएर काम सुचारु गर्ने ।
  7. न्यायालयको वर्तमान अवस्थाका बारेमा आम नागरिकलाई जानकारी गराउने उद्धेश्यले श्वेतपत्र जारी गर्ने ।
  8. प्रधानमन्त्री तथा संसदमा रहेका राजनीतिक दलहरूलाई न्यायपालिकाको वर्तमान अवस्थाबारे ज्ञापनपत्र बुझाउने ।
  9. माननीय हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यन्वयनका लागि आफूले गर्ने र अन्यलाई आग्रह गर्ने ।
  10. अदालत परिसरबाट दंगा प्रहरी हटाउन सर्वोच्च प्रशासनलाई आग्रह गर्ने ।
  11. प्रधानन्यायाधीशले बोलाएको न्यायपरिषदको बैठकमा सहभागी नहुन परिषद्का अन्य सदस्यलाई आग्रह गर्ने न्याय सेवा आयोगमा पनि नजान आग्रह गर्ने ।

यो पनि पढ्नुहोस्–
बारको नजरमा चोलेन्द्रशमशेरका ९ ‘बदमासी’ !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर