newskoseli.Com

ओलीले तोकिदिए १९ पदाधिकारी (नामावलीसहित)

एमाले अध्यक्ष खड्ग ओलीले पार्टीको जारी महाधिवेशनलाई एकातिर पन्छाउँदै नयाँ पदाधिकारी सूची आफैंले तोकिदिएका छन् । अध्यक्षका प्रत्यासी भीमबहादुर रावल र नेता घनश्याम भुसालसहितको तीव्र विरोधका बीच ओलीले पदाधिकारी तोकेका हुन् ।

केही महिनाअघि आयोजना गरेको विधान महाधिवेशनबाट पारित विधानमा अहिले जारी दसौं राष्ट्रिय महाधिवेशनका बेला व्यापक हेरफेर गरिएपछि सो विधान महाधिवेशन असफल प्रमाणित भएको छ । त्यसैगरी राष्ट्रिय महाधिवेशनमा समेत विधि–विधान, भिन्न मत राख्नेहरुको असहमति र लोकतान्त्रिक अभ्यासलाई लत्याएर खड्ग ओली आफैंले पदाधिकारी र केन्द्रीय सदस्यहरु आफैंले तोकिदिएपछि यो महाधिवेशन समेत असफल हुन पुगेको छ ।

यी हुन् ओलीले तोकेका पदाधिकारीहरु–

अध्यक्ष
खड्गप्रसाद ओली
भीमबहादुर रावल (व्यक्तिगत हिसाबले उम्मेदवारी)

वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल (विजयी/सर्वसम्मत)

उपाध्यक्षहरु
सुवासचन्द्र नेम्बाङ
विष्णुप्रसाद पौडेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
सुरेन्द्र पाण्डे
रामबहादुर थापा
घनश्याम भुसाल (व्यक्तिगत हिसाबले उम्मेदवारी)

महासचिव
शंकर पोखरेल (विजयी/सर्वसम्मत)

उपमहासचिव
प्रदिप ज्ञवाली (विजयी/सर्वसम्मत)
पृथ्वीसुब्बा गुरूङ (विजयी/सर्वसम्मत)
विष्णु रिमाल (विजयी/सर्वसम्मत)

सचिवहरू
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
योगेश भट्टराई
गोकर्ण विष्ट
पद्मा अर्याल
लेखराज भट्ट
टोपबहादुर रायमाझी
भीमप्रसाद आचार्य (व्यक्तिगत हिसाबले उम्मेदवारी)
टंक कार्की (व्यक्तिगत हिसाबले उम्मेदवारी)

ओलीको यो प्रस्तावबाट स्वयं उनकै समूहका गोकुल बाँस्कोटा, महेश बस्नेतलगायत पदाधिकारीको दावी गरिरहेका दर्जनौ युवानेता नराम्ररी बिच्कन पुगेका छन् । त्यसैगरी, हप्तौं अघिदेखि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेर चर्को लबिङ गरिरहेका ५० जनाजति केन्द्रमा नपर्ने कार्यकर्ता आगो बनेका छन् ।

प्रभु साहलगायत माओवादीबाट एमाले प्रवेश गरेका अधिकांश नेताहरू स्तब्ध भएका छन् । यो पंक्तिले एमालेको दसौं महाधिवेशन पूर्णतः असफल भएको जिकिर गरिरहेको छ ।

यी खबर पनि पढ्नुहोस्–
एमाले भीडन्त : अध्यक्षमा रावल, उपाध्यक्षमा भुसाल र सचिवमा आचार्यको उम्मेदवारी
को–को हुन् ओलीले तोकिदिएका ३०१ केन्द्रीय सदस्य ? (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर