newskoseli.Com

कम्बोडियाका प्रधानमन्त्रीद्वारा आफ्नै छोरालाई उत्तराधिकारी घोषणा

कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुनसेनले बिहीबार आफ्ना जेठा छोरा हुन मानेट सन् २०३० मा आफ्नाे अवकाशपछि प्रधानमन्त्रीको उम्मेदवारमध्ये एक हुने बताएका छन् । ६९ वर्षीय हुनसेनले आफू सन् २०३० सम्म सत्तामा रहने र त्यसपछि आम चुनावमा प्रधानमन्त्री पदको उम्मेदवारमा मानेटको नाम दिने बताएका छन् ।

‘म आज घोषणा गर्न चाहन्छु कि हुन मानेट प्रधानमन्त्री पदका उम्मेदवारहरू मध्ये एक हुनेछन् र म उनलाई यो पदका लागि पूर्ण समर्थन गर्दछुु’– उनले दक्षिणपश्चिमी प्रीह सिहानोक प्रान्तमा सडक पूर्वाधारको उद्घाटन समारोहमा बोल्न क्रममा यो कुरा बताएका कम्बोडियाको एक टेलिभिजनले जनाएको छ ।

४४ वर्षीय मानेट हाल सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीको स्थायी समितिको सदस्य छन् । उनले रोयल कम्बोडियन सशस्त्र बलका उप कमान्डर इन चीफ र रोयल कम्बोडियन सेनाको कमाण्डर पनि छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर