newskoseli.Com

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सार्वजनिक सम्पर्कमा रहेका बेला उनलाई यही मंगलबार सङ्क्रमित भएका अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी भएका थिए । उनीसँगै देशभरी झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए ।

प्रधानमन्त्री कोरिसनको कार्यालयले पनि उहाँलाई सङ्क्रमण भएको पुष्टि गरेको छ । कार्यालयले उनका सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न पनि आह्वान गरेको छ । सिड्नीलगायतका सहरहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि सङ्क्रमण भएको हो ।

अष्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । अघिल्लो दिनभन्दा सङ्क्रमितको सङ्ख्या धेरै बढेको हो । अघिल्लो दिन ८०४ जना मात्रै नयाँ सङ्क्रमित थपिएका थिए ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर