newskoseli.Com

राष्ट्रिय सम्मेलनको माहोलमा माओवादी मुख्यालय (हेर्नोस् १५ तस्बिरमा)

नेकपा (माओवादी केन्द्र) को आयतबार राजधानीमा उदघाटन हुँदै छ । पुस ११, १२ र १३ सम्म कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा चल्ने सम्मेलनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरु राजधानी आइसकेका छन् ।

राष्ट्रिय सम्मेलनको सन्देश प्रवाह गर्ने गरी माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिगको अगुवाइमा शुक्रबार कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालय कम्युनिस्ट पार्टीको झन्डा र माओवादी केन्द्रको चुनाव चिह्न अंकित ध्वजापताकाले झकिझकाउ पारिएको छ । सम्मेलनमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन र विधान पारित हुने अनि केन्द्रीय नेतृत्व चयन हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्–
प्रचण्डको खुलासा : ‘माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकताबारे छलफल’

प्रचण्डद्वारा प्रस्तुत हुने राजनीतिक दस्तावेजले पार्टीलाई नयाँ नीति, विधि र गतिका साथ अगाडि बढाउने र समग्र पार्टीपंक्तिमा व्यापक उत्साह, उमंग र जाँगर पैदा गर्ने दावी सो पार्टीका नेताहरुले गरेका छन् । पार्टीको अध्यक्षमा प्रचण्ड नै निर्वाचित हुने पक्कापक्की देखिएको छ भने राष्ट्रिय सम्मेलनले १५ सदस्यीय पदाधिकारीसहितको केन्द्रीय नेतृत्व एवं २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने बताइएको छ ।

तस्बिरमा हेर्नोस् राष्ट्रिय सम्मेलनअघि माओवादी मुख्यालयको माहोल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर