newskoseli.Com

प्रचण्डको खुलासा : ‘माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकताबारे छलफल’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डझ् ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पार्टी एकता गर्नेबारे आफूहरुबीच छलफल भइरहेको खुलासा गरेका छन् । तत्काल एकता गरिहाल्न सम्भव नभएमा उनीहरुसँग चुनावी मोर्चाबन्दी गर्ने विषयमा समेत छलफल चलिरहेको प्रचण्डले खुलाएका छन् ।

आइतबारदेखि तीन दिनसम्म राजधानीमा चल्ने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबारे ‘ब्रिफिङ’ गर्न ललितपुरको हिमालय होटलमा शनिबार आयोजित केही सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले यी खुलासा गरेका हुन् ।

आफूहरु अहिल्यै माधव नेपाल नेतृत्वको नेकपा (एस) र बाबुराम भट्टराई नेतृत्वको जसपासँग गठबन्धमा सँगसँगै रहेको स्मरण गराउँदै प्रचण्डले भने– ‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा त अहिल्यै सँगै नै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउनेबारे पनि छलफलहरु चलिरहेका छन् ।’

यो पनि पढ्नुहोस्–
राष्ट्रिय सम्मेलनको माहोलमा माओवादी मुख्यालय (हेर्नोस् १५ तस्बिरमा)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर