कोरोनाभाइरस महामारीको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि काठमाडौँमा कोभिड( १९ विरुद्ध भ्षाक्सिनको ‘बुस्टर डोज’ दिन थालिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनेहरुलाई भन्दै बुस्टर डोज दिन थालिएको हो । बागमती प्रदेश स्वास्थ्य कार्यालय टेकुका अनुसार काठमाडौं उपत्यकाभित्रका १९ खोप केन्द्रबाट बुस्टर डोज भ्याक्सिन लगाउन पाइने व्यवस्था छ ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा भइसकेको हुनु पर्ने छ । बुस्टर भ्याक्सिन लगाउन जानेले अनिवार्यरूपमा यसअघिको खोप कार्ड लैजानु पर्ने सूचनामा जनाइएको छ ।