newskoseli.Com

चुनाव आयो [छन्दोबद्ध कविता]

चुनाव आयो घर–गाउँ डुल्दै
नेता करायो दुई हात जोर्दै
गर्दैछ बाचा अति शिष्टताले
भर्दैछ आश्वासन मिष्टताले ।

ल फेरि मीठो सपना सुनायो
संसार सारा गफ चुट्न थाल्यो
जिब्रो चलायो अनि मस्त पार्‍यो
नेता रमायो कति मस्त छायो ।

भन्दैछ उसले मत देऊ मात्र
मौका मिलेमा अझ लुट्छु देश
सानोतिनोमै कति जात फ्याक्नु
नेता करायो अति जोर–जोर ।

जता रसायो तहीं चाट्न पुग्ने
जम्यो जताको तर आँ उतै पो
सुक्को भनेको भर छैन नेता
नेता करायो ल चुनाव आयो ।

(उपजाति छन्द)
विराटनगर– १, मोरङ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर