नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो केन्द्रीय समितिको बैठकपछि पार्टीपंक्तिमा १२ बुँदासहितको पाँचपाने परिपत्र जारी गरेका छन् । २१ चैतको मितिमा जारी सो परिपत्रपछि उक्त पार्टीमा व्यापक तरंग आएको पाइएको छ ।
सो पार्टीका एक नेताले न्युजकोसेलीलाई उपलब्ध गराएको परिपत्रमा उल्लेख भएअनुसार पार्टीबारे, जबसबारे, संघर्षबारे, आन्तरिक नेता–कार्यकर्ताको कार्यविभाजनबारे, आर्थिक अनियमितिता र अपचलनबारे, कतिपय नेता–कार्यकर्तामाथि गरिएको ‘कारबाही’ बारे विभिन्न निर्देशन र जानकारी पार्टीपंक्तिमा सम्प्रेषित गरिएको छ ।