newskoseli.Com

विप्लव–प्रकाण्डको देउवासँग, हेमन्त–धर्मेन्द्रको प्रचण्डसँग छलफल : के–के भए कुराकानी ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ शीर्ष नेतामध्ये २ जनाले प्रधानमन्त्री शेरबहादुर देउवासँग र अरू २ नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्ली भेटघाट गरी छलफल गरेका छन् । महासचिव विप्लव र प्रपक्ता प्रकाण्डले बुधबार दिउँसो देउवासँग तथा स्थायी समिति सदस्यद्वय हेमन्तप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ ले बिहीबार बिहान प्रचण्डसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको देउवासँग विप्लव–प्रकाण्डको भेटका क्रममा सरकार र नेकपाबीच गतवर्ष भएको तीनबुँदे सहमति कार्यान्वयन र निर्धारित स्थानीय तहको निर्वाचन केही पछि सारेर आफूहरूको पार्टी दर्ता गराउने तथा मतदाता नामावलीमा नाम समावेश गर्ने अवसर प्रदान गर्न नेकपा नेताहरूले माग गरेको बालुवाटार स्रोतको भनाइ छ । सो भेटमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे सहभागी थिए ।

प्रचण्डसँग हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलाले गरेको भेटमा नेकपा नेताहरूले आफ्नो पार्टीका बन्दी रिहाइका निम्ति विशेष पहल गरिदिन प्रचण्डसँग आग्रह गरेको बाँस्तोलाले जानकारी दिएका छन् । नयाँ वर्षको अवसरमा आफूहरूले भेटेर माओवादी केन्द्रका अध्यक्ष र उनकी बिरामी पत्नी सीता दाहाललाई शुभकामना दिनुका साथै स्वास्थलाभको कामना गरेको बाँस्तोलाको भनाइ छ ।

विप्लव–प्रकाण्ड दल दर्ता गरेर स्थानीय निर्वाचनमा भाग लिनुपर्ने तथा वली–बाँस्तोला चुनाव बहिष्कार गर्नुपर्ने एजेन्डाका साथ अगाडि बढिरहेका छन् । केहीअघि सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकमा यिनै दुई पक्षबीच तीव्र, पेचिलो र लामो बहस चलेपछि अन्ततः दुवै पक्षको ‘फेस सेभिङ’ गर्न र ‘पार्टी एकता बचाउन’ बीचको निर्णय लिइएको थियो । तर, सो निर्णयको मसी सुक्न नपाउँदै विप्लव–प्रकाण्डहरूले अल्पमतमा परिसकेको आफ्नै एजेन्डा लाद्न बलमिच्याइँ गरेको आरोप अर्को पक्षले लगाउँदै आएको छ ।

यी समाचार पनि पढ्नुहोस्–

विप्लवका प्रवक्ता निर्वाचन आयोगमा : केको हुँदैछ तयारी ?

विप्लवले जारी गरे यस्तो परिपत्र : पार्टीपंक्तिमा व्यापक तरंग (पूर्णपाठसहित)

‘विप्लवका कमरेड’ को नाममा ‘विप्लव’ कै खुला–पत्र !

 

यो भिडियो पनि हेर्नुहोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर