newskoseli.Com

विप्लवको निबन्ध ‘एकीकृत जनक्रान्ति’ खारेज : नेकपा अब नयाँ कार्यदिशा र नेतृत्वतर्फ

नेकपा (क्रान्तिकारी माओवादी) को ठूलै हिस्सालाई विभाजित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा केही वर्षअघि गठन भएको नेकपा विचार, कार्यनीति र नेतृत्वका हिसाबले नयाँ मोडबाट विकसित हुने चरणमा पुगेको छ । बुधबार चितवनमा सुरु भएको तीनदिने राष्ट्रिय भेलाले नेकपालाई नयाँ स्थितितर्फ मोडेको हो ।

क्रान्तिकारी माओवादीबाट अलग्गिने ‘सैद्धान्तिक आधार’ भन्दै विप्लवले त्यसबेला ‘एकीकृत क्रान्ति’ शीर्षकको एउटा विशुद्ध ‘निबन्ध’ अघि सारेका थिए । विभाजनलगत्तै दाङमा आयोजित राष्ट्रिय सम्मेलनले उक्त निबन्धको शीर्षक परिमार्जन गरी ‘एकीकृत जनक्रान्ति’ कायम गरिदिएको थियो ।

नेपाली क्रान्तिको नयाँ र विकसित कार्यनीति मात्र नई सिद्धान्तकै रुपमा प्रचार गरिएको ‘एकीकृत जनक्रान्ति’ का आधारभूत पक्ष, विशेषता, सैद्धान्तिका आधार र मान्यता तथा त्यसलाई कार्यान्वयन गर्ने कार्यनीति, कार्यक्रम र योजना आदिबारे झन्डै आधा दशक बितिसक्दा समेत विप्लव र उनको समूहले व्याख्या गर्न, स्पष्ट पार्न र स्थापित गर्न सकेनन् । अन्ततः २१, २२ र २३ वैशाख, २०७९ मा चितवनमा आयोजित नेकपाका बहुमत केन्द्रीय सदस्य र सल्लाहकारसहित करिव तीन सय अगुवा कार्यकर्ता सहभागी राष्ट्रिय भेलाले ‘एकीकृत जनक्रान्ति’ लाई खारेज गरिदिएको छ ।

नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै जनवादी राज्यसत्ता स्थापना गरेर समाजवाद हुँदै विश्व साम्यवादतर्फ अघि बढ्ने रणनीति र कार्यनीतिबाहेक अरु कुरा भ्रम मात्रै रहेको निष्कर्षमा सो भेला पुगेको छ । भेलाको यो निष्कर्षसँगै क्रान्तिकारी माओवादीसहित नेपालका सबै माओवादी र कम्युनिस्ट क्रान्तिकारीहरुबीच वृहत् एकता र ध्रुवीकरणको सैद्धान्तिक आधार तयार भएको छ ।

सोही भेलाले यसअघि नै महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई पदच्युत गर्दै पार्टीबाट निष्काशन गरिसकेको छ । भेलाको पहिलो दिन नै पार्टीको केन्द्रीय संयोजकमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ चयन भइसकेका छन् ।

यो समाचार पनि पढ्नुहोस्–
विप्लव आफ्नै पार्टीबाट बर्खास्त, धर्मेन्द्र बने संयोजक

यो भिडियो पनि हेर्नुहोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर