newskoseli.Com

सांसदहरू नै धमाधम अपराध काण्डमा : कोही पक्राउ, कोही निलम्बित, कोही ‘फरार’

अदालतबाट दोषी ठहर भई ‘फरार सूची’ मा रहेका सांसद् एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’ मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् ।

हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’ मा रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ ।

अदालतबाटै दोषी ठहर भई ‘फरार सूची’ मा रहेका अर्का सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित चौधरीलाई प्रहरीले कैलालीबाट बिहीबार पक्राउ गरेको हो । चौधरी ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली– २ बाट निर्वाचित सांसद हुन् ।

कैलालीकै गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको लु २ त २११ नम्बरको ट्याक्टरमा ३ भदौ, २०६६ मा आगजनी गरेको उनीमाथि आरोप छ । ट्याक्टर मालिक महादेव बजगाईंले ‘आफ्नो ट्याक्टरमा आगो लगाइदिएको’ भन्दै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध २ भदौ, २०६७ मा मुद्दा दायर गर्दै उजुरी दिएका थिए । उजुरीमा महादेवले ८ लाख ७५ हजार क्षतिपूर्ति पाउनुपर्ने दावी गरेको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद् टेकबहादुर गुरूङ यसअघि नै निलम्बित भएका छन् । गुरुङविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनलाई निम्बित गरिएको संसद सचिवालयले जनाएको छ । भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतस् निलम्बनमा रहने व्यवस्थाअनुसार उनलाई पुस ८ गतेदेखि नै निलम्बन गरिएको सचिवालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर