newskoseli.Com

कुवेतमा बिक्री भइन् दुबई पुर्‍याइएकी किशोरी !

भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ ।

बेचबिखन गर्दै त्यहाँ पुर्‍याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचना पाएपछि कुवेतस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको समेत उद्धार गर्ने प्रयास भइरहेको छ ।

भिजिट भिसामै मङ्सिर २६ मा दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकहरूमा पुर्‍याई जनही कम्तिमा पाँच लाख रुपैयाँमा बिक्री गरिएको खुलेको छ । मानव बेचबिखनमा संलग्न उदयपुरगढी गाउँपालिका– २, उदयपुरका लालबहादुर मगर र फाकफोकथुम गाउँपालिका– ५, इलामका डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको छ ।

उद्धार गरी नेपाल ल्याइएकी किशोरीका अनुसार पोर्चुगल र अमेरिकालगायतका मुलुकमा पठाउने भन्दै कुवेत पुर्‍याइएपछि उनलाई १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरिएको थियो । बेचबिखनमा परेपछि आफूहरूमाथि निरन्तर यौनशोषण तथा चर्को श्रम शोषण गरेको उनले बताएकी छन् ।

कुवेत पुगेपछि पाँच जना व्यक्तिले गर्नुपर्ने काम एक्लैले गर्न बाध्य पारिएको तथा तोकिएको काम गर्न नसकेमा कुटपिट हुने गरेको पीडित किशोरीको प्रहरीसँग बयानमा उल्लेख छ । बेचबिखनमा परेका युवतीलाई दैनिक १८ घन्टासम्म काममा लगाई श्रमशोषण गरेको तथा काम गर्न नसक्ने युवतीलाई चोरीलगायतका आरोपमा फसाउने गरिएको उपरीक्षक मल्लले बताए ।

कुवेतमा रहेका मानवतस्कर गिरोहले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरी त्यसलाई रेकर्ड गरेर परिवार तथा आफन्तलाई पठाइदिने धम्की दिएर थप शोषण समेत गरेएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर