newskoseli.Com

जनयुद्धसहितका सहिदको सूचीमा को–को परे ? (नामावलीसहित)

१ फागुन, २०५२ देखि सुरू भएर दस वर्षसम्म चलेका सशस्त्र माओवादी जनयुद्धको सिलसिलामा ज्यान गुमाएकाहरूलाई नेपाल सरकारले सहिद घोषणा गर्दै राजपत्रमा नमावली प्रकाशन गरेको छ ।

मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप ‘सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली’ नेपाल राजपत्रमा प्रकाशित भएको हो । १५ गत फागुन, २०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहादत प्राप्त गरेका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको जनाइएको छ । जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आए पनि उनीहरूले हालसम्म राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन् ।

राजपत्रमा प्रकाशित सूचीअनुरूप जनयुद्ध दबाउन विभिन्न भूमिका खेलेको भन्दै जनयुद्धकालमा माओवादीद्वारा ‘सफाया’ गरिएको बताइएकाहरू पनि ‘राष्ट्रिय सहिद’ का रूपमा सूचीकृत भएका छन् । तर, जनयुद्धमा प्रत्यक्षतः संलग्न रहँदै र नेतृत्व गर्दै गर्दा ज्यान गुमाएका काभ्रेका यानप्रसाद गौतम ‘आलोक’, रामेछापको चर्चित ‘बेथान रेड’ को सिलसिलामा सहादत प्राप्त गरेकी दिलमाया लामा, रामेछापकै रमेश ढुंगेल ‘साहस’ लगायतका थुप्रै सहिदहरू यो सूचीमा सूचीकृत भएका छैनन् ।

राष्ट्रिय सहिदका परिवारहरूले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउने बताइएको छ ।

यस्तो छ राजपत्रमा प्रकाशित सहिदसूची–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर