अझैसम्म पनि यो दिलको घाऊ…. उस्तै छ ॥
महोदय, भन्नुस् के-के सुनाऊँ…. उस्तै छ ॥
हजुर त घाऊ कोट्याएर हिडिहाल्नु होला तर…
यो मनलाई म कसरी सम्झाऊँ…. उस्तै छ ॥
भुकम्पले घर लड्यो,घरसँगै जीबन लड्यो
यी आँखामा आँसुको तलाऊ…. उस्तै छ ॥
बार बद्लीयो, महिना बद्लीयो, बर्ष पनि बद्लीयो
तर… अझै मेरो बस्ती मेरो गाउँ-ठाउँ… उस्तै छ ॥
ए भाई, सुन्दै सुन्दैन- सिंहदरबारले तिम्रो रोदन
चाहे तिमी जती सुकै कराऊ… उस्तै छ ॥
तस्बिरमै पनि बोलीरहेझैँ लाग्छ-मेरी आमा र दीदी
लौ भन्नुस् त्यो तस्बिरमा कसरी फूल चढाऊँ… उस्तै छ ॥
– शंकर निरौला निरक्षर
फत्तेपुर, सप्तरी