newskoseli.Com

आइएसले धमाधम मार्न थाल्यो आफ्नै लडाकु

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आफ्नै लडाकुलाई धमाधम मार्न थालेको छ । आइएसले अमेरिकी गठबन्धनलाई आफ्नो सूचना उपलब्ध गराएको आरोपमा लडाकुहरुलाई मृत्युदण्ड दिएको हो ।

यस्तो आरोपमा कम्तीमा पनि ३८ लडाकुलाई मृत्युदण्ड दिइएको समाचार एजेन्सीहरुले जनाएका छन् । पछिल्लो समय आइएसका केही शीर्ष नेता अमेरिकी गठबन्धन सेनाको हवाई हमलामा मारिएका थिए ।

पश्चिमा सेनालाई गोप्य जानकारी उपलब्ध गराएको आरोपमा आइएसले आफ्ना लडाकुमाथि कारवाही थालेको हो । कारवाहीका क्रममा ३८ जनालाई मृत्युदण्ड दिइएको छ भने अन्य केहीलाई कैद गरिएको छ ।

केही लडाकुलाई भने निकै क्रुरतापूर्वक हत्या गरिएको बताइएको छ । आइएसले जासुसीको आरोपमा मृत्युदण्ड दिने क्रममा एसिड खन्याएर लडाकुको हत्या गरेको छ ।

इराकी गुप्तचर विभागका एक अधिकारीले मोसुलस्थित आइएसका १० लडाकु मारिएको पुष्टि गरेका छन् । ती अधिकारीका अनुसार मारिएका १० जना नै इराकी सेनाका लागि सुराकीमा संलग्न थिए ।

यसैगरी अन्य क्षेत्रमा पनि आइएसले व्यापक कारवाही गर्दै आफ्नो युनिटभित्रका सुराकीको हत्या गर्न थालेको जनाइएको छ ।

अहिले आइएस कमाण्डरलाई आफ्नो युनिटभित्र सुराकी फेला परेमा तत्काल मृत्युदण्ड दिने अधिकार तोकिएको जनाइएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर