newskoseli.Com

सदिस फिल्मसको रक्तदान कार्यक्रम

नेपाली संगीत र चलचित्रको विकासका लागि झण्डै एकदशक देखि लागि परेको सदिस फिल्मस् प्रोडक्सन प्रा.लि.ले सामाज सेवाका गतिविधिमा हात पनि अगाडि बढाएको छ । गत चैत्र बीस गते काठमाडौंको नेपालटार स्थीत एन आर कलेजको प्राङ्गनमा विशेष कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रमको आयोजना गरेको हाे ।

रक्तदान कार्यक्रममा नेपालटार क्षेत्रमा बसोबास गर्ने सर्बसाधारण, तथा विभिन्न पेशा र क्षेत्रमा आवद्ध शिक्षक, कलाकार, पत्रकार लागयतका व्यक्तिहरुबाट रक्तदान गरेका थिए । उपस्थित साठीजना रक्तदाता मध्ये ४० जनाले मात्र रक्तदान गर्न पाएका थिए । समय अभावका कारण बीजना रक्तदान गर्न नपाई फर्किएका थिए । रक्तदान गर्नेहरुमा स्वयं सेबक कुमार बस्नेत, कलाकारहरु श्याम प्रसाद सिलवाल, लवकुश थापा, पनाहा अधिकारी, पत्रकार मोहनप्रसाद मैनाली, सर्वसाधारणहरु ज्ञान कुमार श्रेष्ठ, राजेन्द्र सेढाई,वालकृष्ण अवाले, सनतलाल महर्जन, आशिष तामाङ, चतुरमान तामाङ लगायत थिए ।

कलाकार सघंका अध्यक्ष रामकेशर बोगटी प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा वरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेत तथा अमेरिकी कलाकार रायन लगायतका कलाकारहरु अतिथी रहेका थिए ।

प्रमुख अतिथी बोगटीले नेपालमा नक्कली कलाकारहरु पनि देखिन थालेकाले यतातिर सजग हुन पर्ने बताएका थिए । कलाकारहरुको प्रयासमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेकोमा  सदिस फिल्मस् प्रोडक्सनलाई बधाइ तथा धन्यवाद ज्ञापन गर्दै बोगटीले यस्ता कार्यक्रमबाट समाजमा कलाकारहरुको भुमिका र गरिमा बढ्ने कुरामा जोड दिनुभएको थियो ।

बरिष्ठ कलाकार लक्ष्मण विक्रम बस्नेतले कलाकारहरुको सामाजिक उत्तरदायित्व अनतर्गत् यस्ता कार्यक्रमहरुको आयोजना बेलाबेलामा गर्नु पर्नेमा विशेष जोड दिएका थए ।

कार्यक्रमका सभापती एवं सदिस फिल्मसका चेयरम्यान एस. पि. सिलवालले कार्यक्रममा उपस्थित भई हौसला बढाई दिएकाेमा अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।

सदिसका प्रोपाइटर रामकुमार श्रेष्ठले रक्तदान गर्ने तथा सहभागी हुने सबै प्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरुमा सहयोग प्राप्त भइरहने आशा व्यक्त गरेका थिए ।

रक्तदाता, स्वयं सेवक तथा समाचार सङ्कलन कार्यमा खटिएका पत्रकारहरु रमेश नराल तथा मोहन प्रसाद मैनालीलाई खादा तथा प्रमाण पत्रसहित विशेष सम्मान गरिएको थियो ।

रक्तदान कार्यक्रम ब्लड डोनर्स एशोसिएसन  नेपाल बालाजु क्षेत्रका अध्यक्ष देवेन्द्र महर्जनको विशेष सहयोगमा सम्पन्न भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर