newskoseli.Com

एउटा बाँदरले सिंगो मुलुक तीनघण्टा प्रभावित गर्‍यो

एउटा बाँदरले सिंगो मुलुकलाई तीनघण्टा प्रभावित गर्‍यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर एउटा बाँदरले बुधबार तीनघण्टासम्म अफ्रिकी मुलुक केन्यालाई प्रभावित तुल्याएको छ ।

समाचार एजेन्सीहरुका अनुसार केन्याको मुख्य विद्युत गृहको उपकरणमाथि एउटा बाँदर हामफाल्दा मुलुकभर विद्युत अवरुद्ध भएको हो । विद्युत प्रवाह सूचारु गर्न तीन घण्टा समय लागेको थियो ।

विद्युत उत्पादन कम्पनी ‘केनजेन’ का अनुसार मध्य केन्याको गितारु विद्युत केन्द्रमा प्रवेश गरेको बाँदर अचानक ट्रान्सफर्मरमा हामफाल्दा विद्युत प्रशारण अवरुद्ध भएको थियो । यसबाट एकसय ८० मेगावाट उर्जा नोक्सान भएको कम्पनीले जनाएको छ । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर