newskoseli.Com

पर्यटकिय गाँउकाे लागि जाट नेपालले गर्याे सम्झाैता

पर्यटन पत्रकार संघ जाट नेपालले आफ्नो घोषित योजनाअनुरुप कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जाट–नेपालका अध्यक्ष देविप्रसाद पन्तका अनुसार कास्कीको सल्यान गाँउलाई पर्यटकीय गाँउ घोषणा गर्न सल्यान पर्यटक समिति कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेकिङ् प्रालि काठमाडौंसँग सम्झौता भएको हो ।

कास्कीको सल्यान गाँउलाई एक वर्षभित्र नेपालकै नमुना पर्यटकीय गाँउको रुपमा विकसित गर्ने सम्झौता पत्रमा उल्लेख छ । यो गाँउलाई प्रचारप्रसार गर्ने र प्रवर्द्धनमा सहकार्यका साथ अगाडि बढ्ने सल्यान पर्यटक समितिका अध्यक्ष बलबहादुर केसी र एटलान्टे माउन्टेनियरिङ एण्ड ट्रेकिङ् प्रालि एवं खुम्बीला शंरक्षण समितिका अध्यक्ष जिम्बाजम्बु शेर्पाले बताए ।

पत्रकारहरुले सल्यान गाँउमा देखेका सामाग्रीहरुलाई प्रचारप्रसारमा लैजाने बताएका छन् । जाट–नेपालका अध्यक्ष पन्तका अनुसार घोषित नीति र सम्झौता अनुसार छिट्टै पर्यटकीय गाँउ घोषणा गर्ने जानकारी गराएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर