newskoseli.Com

रात्री क्लबमा गोलाबारी: मुस्लिम कि आईएस संलग्न ?

अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा मुस्लिमको प्रवेशमा रोक लगाउनुपर्ने धारणा फेरी दोहोर्‍याएका छन् ।

फ्लोरिडाको ओरल्याण्डोमा ५० जना मारिने गरी भएको हत्याकाण्डपछि न्यूहैम्पशायरमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकी आप्रवासन नीतिका कारण यस्ता घटना दोहोरिरहेको भन्दै मुस्लिमको प्रवेशमा रोक लगाउनुपर्ने जिकीर गरेका छन् ।

हत्याको आरोप मुस्लिम समुदायमाथि लगाउँदै ट्रम्पले हत्या हुनेबारे जानकारी हुँदा हुँदै सुुरक्षाकर्मीलाई सहयोग नगरेको भन्दै मुस्लिमकै कारण अमेरिकामा हत्याकाण्ड हुन लागेको आरोप लगाए ।

यता डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले पनि घटनाको निन्दा गर्दै सिरिया र इराकमा अमेरिकी आक्रमणको सफलताबाट डराएका आईएसले त्यसको प्रतिशोध साँध्न अमेरिकामा आक्रमण गरेको प्रतिक्रिया दिए ।

यता, अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनामा आईएसको संलग्नता रहेको भन्ने कुनै प्रष्ट प्रमाण नभएको बताएका छन् । यद्यपि, यस घटनामा आतंकवादीको संलग्नता भएकै रुपमा अनुसन्धान भइरहेको उनले बताए ।

ओरल्याण्डोस्थित पुरुष समलिंगी रात्री क्लबमा एक बन्दुकधारीले आइतबार बिहान अन्धाधुन्ध गोली प्रहार गर्दा ५० जना मारिएको तथा ५३ जना घाइते भएका छन् ।(एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर